इरानद्वारा अमेरिकामाथि प्रतिरोधी समूहहरूलाई आक्रमण गर्न निर्देशन दिएको आरोप अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इरानद्वारा अमेरिकामाथि प्रतिरोधी समूहहरूलाई आक्रमण गर्न निर्देशन दिएको आरोप अस्वीकार

एजेन्सी, २८ कात्तिक । इरानले अमेरिकी आधारमा आक्रमण गर्न क्षेत्रीय प्रतिरोधी समूहहरूलाई निर्देशन दिएको आरोप अस्वीकार गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस्तो बताउनुभएको हो । अमेरिकालक्षित आक्रमणहरु गर्ने समूहलाई इरानले कुनैपनि आदेश नदिएको र उनीहरुले इरानसँग सोधेर निर्णय लिने नगरेको उहाँको भनाइ छ ।

ति समूहहरु स्वतन्त्र निर्णय लिने भएकाले कुनै निर्णय र आक्रमण इरानसँग नजोडिएको बताउनु भयो । उहाँले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अन्य देशहरूलाई आरोप लगाउनुको सट्टा इजरायललाई गाजाबिरुद्धको आक्रमण रोक्ने काममा लाग्न आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);