इरानका वरिष्ठ परमाणु वैज्ञानिक फखरीजादेहको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इरानका वरिष्ठ परमाणु वैज्ञानिक फखरीजादेहको हत्या

एजेन्सी, १३ मंसिर । इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको छ ।

इरानको राजधानी तेहरान नजिक डामाभान्द काउन्टीको अब्सार्डमा बन्दुकधारीको आक्रमणमा गम्भीर घाइते हुनुभएका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बन्दुकधारीको एक समूहले आक्रमण गरेको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हातियारधारी आतंकवादी समूह र फखरीजादेहका अंगरक्षकबीच दोहोरो झडप भएको र घटनामा चार जना बन्दुकधारी समेत मारिएको बताइएको छ । यसैबीच वैज्ञानिक फखरीजादेहको हत्याप्रति दुःख व्यक्त गर्दै इरानले हत्याको बदला लिने चेतावनी दिएको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको दावी गर्नुभएको छ । उहाँले इरान आतंकवादीको शिकार बन्दा एक महत्वपूर्ण व्यक्ति गुमाएर आफ्नो देश शोकमा डुबेको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच इरानी सेनाले घटनामा जो केही संलग्न रहेपनि बदला लिएरै छोड्ने चेतावनी दिएको छ । इरानको परमाणु हतियार निर्माता मोहसिन फखरीजादेह इरानको परमाणु बमका पिताको रुपमा परिचित हुनुहुन्थ्यो । यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिककोे हत्या भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);