इथियोपियाको उत्तरी टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इथियोपियाको उत्तरी टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा


एजेन्सी,१४ मंसिर। इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सरकारी सुरक्षा बलले टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीमा पूर्ण नियन्त्रण कायम गरेको बताउनुभएको छ । इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको प्रधानमन्त्री अबीले बताउनुभएको छ ।

यसअघि आर्मी टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट टिपिएलएफ विरुद्ध आक्रामक अभियान चलाएर सो क्षेत्रमा प्रवेश गरेको थियो । यता टिपिएलएफका नेताले भने स्वनिर्णयको अधिकारका लागि आफूहरुले अन्त्यसम्म लडिरहने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सरकारी सुरक्षा बल र टिपिएलएफबिच भएको हिंसाका कारण सयौँको मृत्यु भएको छ भने हजारौँ बिस्थापित भएका छन् । नोभेम्बरको सुरुमा प्रधानमन्त्री अबीले टिपिएलएफविरुद्ध सैन्य कारवाहीको घोषणा गरेपछि हिंसा सुरु भएको थियो ।

क्षेत्रीय राजनीतिक दल टिपिएलएफले इथियोपियन आर्मीको उत्तरी कमाण्डको हेडक्वाटरमा आक्रमण गरेको आरोपमा कारवाहीको घोषणा भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);