इथियोपियाको टिग्र क्षेत्रमा अनिकालको त्रास बढेको राष्ट्र संघीय निकायको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इथियोपियाको टिग्र क्षेत्रमा अनिकालको त्रास बढेको राष्ट्र संघीय निकायको निष्कर्ष

एजेन्सी । इथियोपियाको टिग्रेमा अनिकालको त्रास बढेको छ । इथियोपियाको टिग्रे क्षेत्रमा अनिकाल देखिएको र यसको प्रत्यक्ष प्रभाव ३ लाख ५३ हजार जनामा देखिएको राष्ट्र संघीय निकायले जनाएको छ । पछिल्लो समय द्वन्द्व ग्रस्त बनेको टिग्रेमा मानवीय संकट देखिन थालेको राष्ट्र संघीय निकायको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै युनिसेफले सो क्षेत्रमा देखिएको अनिकालको असर बालबालिका समेत परेको जनाएको छ । सोहीकारण पनि सो क्षेत्रमा मानवीय सहायता गर्नुपर्ने भन्दै युनिसेफले अपील समेत गरेको छ । सरकारी सेना र विद्रोहीबीच चलिरहेको द्वन्द्वका कारण यस्तो अवस्था आएको बताइएको छ ।

सन् २०२० को नोभेम्बरदेखि जारी द्वन्द्वबाट सो क्षेत्रका हजारौं नागरिकको मृत्यु भएको र करिब १५ लाख नागरिक बिस्थापित भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । तर, इथियोपियाको विदेश मन्त्राल्यका प्रवक्ता दीना मुफतीले भने राष्ट्र संघबाट जारी सो अध्ययन प्रतिवेदनको निष्कर्षमा असहमति जनाएका छन् ।

अहिले सो क्षेत्रमा खाद्यान्नको अभाव नभएको र सरकारले टीग्रेका स्थानीयलाई खाद्यान्न वितरण गरिरहेको मुफतीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);