इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रायसी चुनिनु विश्वलाई खतरा भएको इजरायलको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रायसी चुनिनु विश्वलाई खतरा भएको इजरायलको चेतावनी

एजेन्सी । इरानको नयाँ राष्ट्रपतिमा इब्राहिम रायसी चुनिएकोमा इजरायलले गम्भीर चिन्ता ब्यक्त गरेको छ । इजरायलले इरानका नवनिर्वाचित नेता रायसीले परमाणु गतिबिधि बढाउनसक्ने चेतावनी अन्तराष्ट्रिय समुदायलाई दिएको हो ।

इजरायलले इरानको नयाँ राष्ट्रपतिमा चुनिएका इब्राहिम रायसीबारे अन्तराष्ट्रिय समुदायले गम्भीर चिन्ताको रुपमा लिनुपर्ने बताएको छ । इजरायलका विदेश मन्त्रायका प्रबक्ता लिओर हैयतका अनुसार रायसी अहिलेसम्मकै इरानका सबैभन्दा बढी कट्टरपन्थी राष्ट्रपति हुन् ।

परमाणु कार्यक्रमलाई तीव्र रुपमा अघि बढाउन प्रतिबद्ध रहेको ट्वीटरमा एक आलोचनात्मक टिप्पणी समेत गर्नुभएको छ। शनिवार रायसीलाई इरानको राष्ट्रपति चुनावको विजेता घोषित गरिएको थियो । विभिन्न पक्षहरुले चुनावको परिणाम रायसी कै पक्षमा हुनेगरि डिजाइन गरिएको आरोप समेत लगाइएका छन् ।

इरानका शीर्ष न्यायधिश रायसी अति रुढिवादी विचारधाराबाट प्रभावित छन् । उनले अगष्ट महिनामा राष्ट्रपति पद सम्हाल्ने छन् । राजनितिक बन्दीहरुलाई मृत्युदण्ड दिएका मुद्दामा संलग्न रायसी अमेरिकी सरकारबाट प्रतिबन्धीत व्यक्ति समेत हुन् ।

उनले आफ्नो जीतपछि उनले एक बिग्यप्तीमा सरकारमाथि जनताको बिश्वास अझ मजबुत पार्ने र देशकै नेता बन्ने बाचा गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);