इराकमा बम बिस्फोट : ६ जनाको मृत्यु, १५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इराकमा बम बिस्फोट : ६ जनाको मृत्यु, १५ घाइते

IRAQ

एजेन्सी, ११ मंसिर ।  इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो ।

उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा ३ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । त्यस्तै, दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ्न् भने पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा १ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते भएको बीबीसीले जनाएको छ ।

गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । सन् २००३ मा सद्दाम हुसेनको पतनपछि जारी सबैभन्दा ठूलो प्रदर्शनमा कयौ घाइते भएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);