दुई हेलिकोप्टर एक-आपसमा ठोक्किँदा १३ जना सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुई हेलिकोप्टर एक-आपसमा ठोक्किँदा १३ जना सैनिकको मृत्यु

एजेन्सी, १० मंसिर । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

इस्लामीक लडाकू जिहादी विरुद्धको कारबाहीका क्रममा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मालीको उत्तरी क्षेत्रमा सन् २०१२ देखि इस्लामिक लडाकूले थालेको सशस्त्र संघर्ष अहिले अरु भागमा समेत फैलिएको छ । त्यस क्षेत्रका अधिकांश भाग उनीहरुको नियन्त्रणमा छ । मालीमा इस्लामिक लडाकूको सशस्त्र संघर्ष अन्त्य गर्न फ्रान्सले सन् २ हजार १३ देखि सैन्य सहयोग गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);