ताइवानमा हेलिकोप्टर दुर्घटना, सैनिक प्रमुखसहित ८ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ताइवानमा हेलिकोप्टर दुर्घटना, सैनिक प्रमुखसहित ८ को मृत्यु

taiwan helicopter crash

एजेन्सी, १७ पुस । ताइवानमा वायु सेनाको हेलिकोप्टर दुर्घटना हुँदा सैनिक प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयले बिहिबार वायु सेनाको युएच–६० एम ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा सैनिक प्रमुख सेन यी मिङ सहित ८ जनाको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

१२ जना सवार वायु सेनाको उक्त हेलीकोप्टर उत्तरी भागको पहाडी क्षेत्रमा दुर्घटनामा भएको जनाइएको छ । सोंगशानस्थित वायु सेनाको बेसबाट बिहिबार विहान उडेको हेलिकोप्टर १० मिनेटमै सम्पर्कविहीन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);