सैन्य विमान दुर्घटना, चार बालबालिकासहित १८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

सैन्य विमान दुर्घटना, चार बालबालिकासहित १८ जनाको मृत्यु

Military plane crashes after take off from Sudan

एजेन्सी, १८ पुस । सुडानको पश्चिम डार्फर राज्यमा सैन्य विमान दुर्घटना, चार बालबालिकासहित १८ जनाको मृत्यु भएको  छ।

प्रान्तीय राजधानी अल जेनिइआबाट उडेको पाँच मिनेटमै भएको उक्त विमान दुर्घटना चार बालबालिकासहित १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पु¥याइरहेको विमान दुर्घटनामा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारणको मृत्यु भएको सुडान सेनाका प्रवक्ता मोहम्मद अल हसनले जानकारी दिएका छन् ।

पश्चिम डार्फरमा भड्किएको जातीय हिंसामा एक हप्तायता ४८ जनाको मृत्यु हुनुका साथै २ सय ४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ ।
अरब र अफ्रिकी समूहबीच भड्किएको हिंसा अझै पनि जारी छ ।