अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २५ २०८०, सोमबार

अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु

Iraq: Rockets fired at Baghdad airport

एजेन्सी, १८ पुस । इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा रकेट आक्रमणबाट ८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आक्रमणबाट २ वटा सवारी साधन पूर्णरुपमा ध्वस्त भएका छन् ।

इरान समर्थित इराकी लडाकूको समुह पपुलर मोविलाइजेसन फोर्स पिएमएफ विरुद्ध अमेरिकी सेनाले गरिरहेको सैन्य कारबाही अन्तर्गत यो आक्रमण भएको आशंका गरिएको छ ।

आक्रमणमा इरानी रिभोलुसनरी गार्डको विशेष दस्ताका प्रमुख जनरल कासेम सुलिमानी पनि मारिएको हुनसक्ने संचार माध्यमहरुले जनाएका छन् ।