सिरियामा हवाइ आक्रमणमा २० बालबालिकासहित ७७ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरियामा हवाइ आक्रमणमा २० बालबालिकासहित ७७ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणमा परी तीन सय जनाभन्दा बढी घाइते भएका छन् । स्वस्थ्य केन्द्रमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।

habai aatack

काठमाडौं, ८ फागुन । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । आक्रमणमा परी तीन सय जनाभन्दा बढी घाइते भएका छन् । स्वस्थ्य केन्द्रमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।

सरकारी सेनाले विद्रोहीलाई मारेको दाबी गरेपनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । सेनाले विद्रोहीलाई नियन्त्रणमा लिन भन्दै गुटामा हवाइ र रकेट आक्रमण गरेको हो ।

आक्रमणबाट सर्वसाधारणको जीवनसँग सम्बन्धित गोदाम, खाद्यभण्डार र बेकरी पनि निशानामा परेका छन् । सेनाले गेटा क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ । सडकलाई निशाना बनाइएका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रसंघका एक जना अधिकारीले बमबारी रोक्न आग्रह गर्दै गुटाको अवस्था नियन्त्रणबाहिर गइरहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);