अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बन्दुक राख्न पाउने कानूनमा सुधारको पक्षमा समर्थन | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बन्दुक राख्न पाउने कानूनमा सुधारको पक्षमा समर्थन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने कानूनमा सुधारको पक्षमा समर्थन जनाएका छन ।

donald trump

काठमाडौं,८ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने कानूनमा सुधारको पक्षमा समर्थन जनाएका छन । ट्रम्पले कुनै पनि नागरिकलाई बन्दुक राख्न इजाजत दिनुअघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा समर्थन जनाएका हुन । ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत गरेको विधेयकका विषयमा छलफल गरेका छन ।

विधेयक अमेरिकी कंग्रेसबाट पास हुन बाँकी छ । चुनावी अभियानका क्रममा ट्रम्प बन्दुक नियन्त्रणको विरोधमा उभिएका थिए । फ्लोरिडाको एक विद्यालयमा एक जना पूर्व विद्यार्थीले बन्दुक चलाउँदा १४ विद्यार्थीसहित १७ जनाको मृत्यु भएको विषयलाई लिएर बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्नुपर्ने आवाज चर्कोरुपमा उठेपछि ट्रम्प कानूनमा सुधार गर्ने पक्षमा उभिएका हुन । बन्दुक आक्रमणमा बाँच्न सफल विद्यार्थीले कानूनमा सुधारका लागि अर्को महिना वासिङटन डिसीमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।