बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग

student really

काठमाडौं, ६ फागुन । अमेरिकाको फ्लोरिडाको एउटा विद्यालयमा गराइएको गोलीकाण्डमा बाँच्न सफल युवाहरूले बन्दुक राख्न पाउने व्यवस्थामा कडाइ गर्न माग गरेका छन् ।

उनीहरुले फोर्ट लवडुरडेल शहरमा र्‍याली निकालेर बन्दुक राख्न पाउने व्यवस्थामा कडाइ गर्न माग गरेका हुन् । पार्कलेण्ड नजिकै निकालिएको र्‍यालीमा विद्यार्थी र उनीहरूका अभिभावक, राजनीतिज्ञसहित हजारौं सहभागी थिए । प्रदर्शनकारीले अमेरिकी सांसद र राष्ट्रपति डोनल्ड ट्रम्पलाई इंगित गर्दै उनीहरूले लाज मान्नुपर्ने भन्ने नारा लगाए ।

बन्दुक आक्रमणमा ज्यान जोगाएकी विद्यार्थी एम्मा गोञ्जालेजले मञ्चमा उक्लिएर बन्दुक राख्न पाउने पक्षमा वकालत गर्दै आएको नेस्नल राइफल एसोसिएशन (एनआरए) बाट चन्दा लिने गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्प र अरू राजनीतिज्ञहरूको आलोचना गरिन् ।

गत बुधबार एउटा विद्यालयमा निकोलस क्रुज नामका एक किशोरले बन्दुक चलाउँदा १७ जनाको ज्यान गएको थियो । गोलीकाण्डपछि बन्दुक नियन्त्रणसम्बन्धी कडा व्यवस्था हुनुपर्ने लामो समयदेखिएको बहस पुनः चर्किएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);