अमेरिकाको विद्यालयमा बन्दुक नियन्त्रणका लागि कडा कानून बनाउन दवाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाको विद्यालयमा बन्दुक नियन्त्रणका लागि कडा कानून बनाउन दवाब

gun

काठमाडौं, ७ फागुन । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल विद्यार्थीहरूले बन्दुक नियन्त्रणका लागि कडा कानून बनाउन दवाब दिने भएका छन् ।

विद्यार्थीहरुले वासिङ्टनमा र्‍याली निकालेर बन्दुक नियन्त्रण सम्बन्धी कडा कानून बनाउन दबाब दिने भएका हुन् । विद्यार्थीहरुले आफ्नै जीवन रक्षाका लागि भन्दै आगामी मार्च २४ तारिखका दिन वासिङ्टनमा र्‍याली निकाल्ने बताएका छन् । र्‍याली मार्फत लामो समयदेखि बन्दुकको स्वामित्व सम्बन्धमा भइरहेको बहसलाई निर्णायक विन्दुमा पुर्‍याउने विद्यार्थीको योजना छ । बन्दुक राख्न पाउने पक्षमा वकालत गर्दै आएका राजनीतिज्ञलाई लज्जित बनाउन पनि  र्‍याली निकाल्न लागेको विद्यार्थीहरुले बताएका छन् ।

गत बुधबार फ्लोरिडाको पार्कल्याण्डस्थित विद्यालयमा विद्यालयका पूर्वविद्यार्थी निकोलस क्रुजले गोली प्रहार गर्दा १४ विद्यार्थीसहित १७ जनाको ज्यान मृत्यु भएको थियो । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले परिचय नखुलाइएको विद्यार्थी समूहसँग भेटेर उनीहरूका कुरा सुन्न लागेको ह्वाइट हाउसले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);