अमेरिकाको फ्लोरिडास्थित विद्यालयमा भएको बन्दुक आक्रमणमा १७ जनाको मृत्यु, | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाको फ्लोरिडास्थित विद्यालयमा भएको बन्दुक आक्रमणमा १७ जनाको मृत्यु,

अमेरिकाको फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन् । बन्दुक आक्रमणमा १४ जना विद्यार्थी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

america school

एजेन्सी,३ फागुन । अमेरिकाको फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जना मारिएका छन् । बन्दुक आक्रमणमा १४ जना विद्यार्थी घाइते भएको अधिकारीहरुले बताएका छन् ।

१९ वर्षीय पूर्वद्यिार्थीले आक्रमण गरेको बताइएको छ । किशोरावस्थाको उत्तरार्धमा रहेका संन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ । उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको बताइएको छ । उनलाई विद्यालयबाट निष्कासन गरिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

क्रुजले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्तता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायलाई उद्यृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);