सिरियामाथि आक्रमण गर्ने फ्रान्सका राष्ट्रपति माक्रोंको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सिरियामाथि आक्रमण गर्ने फ्रान्सका राष्ट्रपति माक्रोंको चेतावनी

एजेन्सी, २ फागुन । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियामाथि हमला गर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरुसँग करा गर्दै राष्ट्रपति माक्रोंले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरेको प्रमाण फेलापरे सिरियामाथि हमला गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, “जहाँबाट त्यस्ता आक्रमणहरू गरिन्छन् अथवा जहाँबाट आक्रमणको तयारी गरिन्छ त्यहाँ हामीले हमला गर्नेछौँ।” तर प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएकोबारे फ्रान्सेली गुप्तचर निकायले अहिलेसम्म कुनै प्रमाण फेला नपारको माक्रोंले बताए । गत जनवरीमा सिरियाले संदिग्ध क्लोरिन ग्यास आक्रमण गरेका कैयौँ रिपोर्टहरू सार्वजनिक भएपछि माक्रोंको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो ।

विद्रोही नियन्त्रित एउटा शहरमा यसै महिनाको शुरूतिर रसायन भएको एउटा बम खसालिएपछि श्वासप्रश्वासमा समस्या देखिएका नौ जनाको उपचार गरिएको थियो । सिरियाली सरकारले रासायनिक अस्त्र प्रयोग गरेको कुरा सशक्त रूपम अस्वीकार गर्दै आएको छ र सर्वसाधारणलाई निशाना नबनाएको दाबी गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);