दक्षिणसँग मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको किम जङ अनको भनाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दक्षिणसँग मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको किम जङ अनको भनाइ

एजेन्सी, १ फाल्गुन । उत्तर कोरियाली नेता किम जङ अनले दक्षिण कोरियासँग मेलमिलापपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन् । शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागि हुन दक्षिण कोरिया पुगेकी बहिनी किम यो जोङ स्वदेश फर्कियसँगै अनको यस्तो अभिव्यक्ति आएको हो ।

नेता अनले शीतकालीन ओलम्पिकमा उत्तर कोरियाका नेतादेखि खेलाडीसम्मलाई उच्च प्राथमिकतामा राखी गरेको व्यवहारप्रति दक्षिण कोरियाको प्रशंसा समेत गरे । अनले सोलको सकारात्मक प्रयासका लागि धन्यवाद दिएका छन् । केसीएनए समाचार संस्थाले उत्तर कोरियाली नेतालाई उद्धृत गर्दै मेलमिलापपूर्ण सम्बन्धलाई अझ न्यानो बनाउनुपर्नेमा जोड दिएको छ ।

किमको पछिल्लो अभिव्यक्तिले ओलिम्पिक्सको समयमा दुई कोरियाबीच द्रुत गतिमा संवाद भएको थप प्रमाण दिएको जनाइएको छ । तर उक्त कदमलाई परमाणु अस्त्र–सम्पन्न उत्तर कोरियासँग संवादको नीति अंगाल्ने समय नभएको ठान्ने कतिपयले भने आलोचना गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);