उत्तर र दक्षिण कोरियाबीच सम्वादकालागि क्युनिकेसन च्यानल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर र दक्षिण कोरियाबीच सम्वादकालागि क्युनिकेसन च्यानल सुरु

दुई कोरियाबीच सञ्चार च्यानलमार्फत प्रारम्भिक सम्वाद भएको दक्षिणको भनाइ

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बादका लागि कम्युनिकेसन च्यानल पुनः खोल्न आदेश दिएसँगै दक्षिण कोरियाले पनि च्यालन खोल्ने निर्णय गरेको छ ।

दक्षिण कोरियाले उत्तरसँग सीमा पार सञ्चार प्रणालीमार्फत प्रारम्भिक सम्पर्क सुरु गरेको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुई कोरियाबीच बुधबार सीमावर्ती गाउँ पनमुनजोममा सञ्चार च्यानलको माध्यमबाट सम्वादमा भएको हो ।  पहिलो पटक सञ्चार लाइनले काम गरिरहेको छ कि छैन भनेर जाँच गर्दा परीक्षण सफल भएको दक्षिण कोरियाले जानएको छ ।

आगामी महिना हुने शीतकालीन ओलम्पिक सफल पार्न सहयोगका लागि दक्षिण कोरियाले गरेको प्रस्तावपछि उत्तर कोरियाली नेता किम जोङ उनले च्यानल पुनः खोल्न आदेश दिएका थिए । सियोलले मंगलबार आफ्ना प्रतिद्वन्द्वीलाई जनवरी ९ मा पानमुनजोममा भेटवार्ता गर्न प्रस्ताव गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);