किम जङ अनद्वारा दक्षिण कोरियाली राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

किम जङ अनद्वारा दक्षिण कोरियाली राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो

kim jong

एजेन्सी, २८ माघ । उत्तर कोरियाका नेता किम जङ अनले शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा भाग लिन दक्षिण कोरिया पुगेकी आफ्नी प्रभावशाली बहिनीमार्फत त्यहाँका राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्तो दिएका हुन ।

शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहअघि सोलस्थित राष्ट्रपति भवनमा भएको ऐतिहासिक भेटका क्रममा उत्तर कोरियाली नेता किम जङ अनको हस्तलिखित निमन्त्रणा पत्र उनकी बहिनी किम यो जङले राष्ट्रपति मुनलाई हस्तान्तरण गरे । राष्ट्रपति भवनमा दुई कोरियाली नेताहरुबीच करिब तीन घण्टा कुराकानी भएको थियो । कुराकानीका क्रममा किम यो जङले जतिसक्दो छिटो उत्तर कोरियाको भ्रमण गर्न आफ्ना राष्ट्रपति मुनलाई आग्रह गरेको दक्षिण कोरियाली राष्ट्रपति भवनका प्रवक्ताले बताएका छन् ।

प्योङयाङसँग कुनै खाले सम्बन्ध नराख्न अमेरिकाले सोललाई दिएको चेतावनीका बीच दुई कोरियाका नेताबीच भेटवार्ता भएको हो । किम यो जङले कोरियालीहरुको हृदयमा प्योङयाङ र सोल अझ नजिक हुने तथा निकट भविष्यमा एकताबद्ध र समृद्ध हुने विश्वास सहितको टिपोट राष्ट्रपति भवनमा छाडेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);