ट्रम्पले पूर्वाधारको क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ट्रम्पले पूर्वाधारको क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरे

trump-2

एजेन्सी,१ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वाधारको क्षेत्रमा लगानी बढाउने योजना सार्वजनिक गरेका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ बजेट अन्तर्गतका आफ्ना योजना घोषणा गर्दै आफूले हजारौं रोजगारी सिर्जना गर्न तथा सडक, बन्दरगाह र विमानस्थल निर्माण गर्न चाहेका बताए ।

उनले पूर्वाधारको क्षेत्रमा दश बर्षमा १५ देखि १७ खर्ब डलर खर्च गरिने र त्यसको अधिकांश हिस्सा राज्य तह र निजी क्षेत्रबाट आउने उल्लेख गरे । यद्यपि, ह्वाइट हाउसले पुल, रेल, सडक वा सुरूङमार्गका लागि आफ्नो योजनामा कुनै नयाँ रकम भने विनियोजन गरेको छैन ।
ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा अमेरिकी जनतालाई आफ्नो देशका लागि लगानी गर्न आग्रह गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);