ट्रम्पद्वारा बन्दुक आक्रमण रोक्न शिक्षकहरुलाई हतियार राख्न दिने प्रस्तावमा समर्थन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

ट्रम्पद्वारा बन्दुक आक्रमण रोक्न शिक्षकहरुलाई हतियार राख्न दिने प्रस्तावमा समर्थन

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भएको बन्दुक आतंकसम्बन्धी कार्यक्रममा विद्यालय वरपर बन्दुकमाथि प्रतिबन्ध लगाउन पनि समर्थन जनाएका छन । उनले बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावमा आफ्नो समर्थन रहेको बताए ।

donald trump

एजेन्सी, १० फागुन । अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा भएको बन्दुक आतंकसम्बन्धी कार्यक्रममा विद्यालय वरपर बन्दुकमाथि प्रतिबन्ध लगाउन पनि समर्थन जनाएका छन । उनले बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावमा आफ्नो समर्थन रहेको बताए ।

गत साता फ्लोरिडास्थित एक विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल विद्यार्थी र तिनका अभिभावक तथा शिक्षकले त्यस्तो घटना फेरि दोहोरिन नदिन बन्दुकमा कडाइ गर्न प्रस्ताव गरेका थिए । विद्यार्थीको प्रस्तावमा समर्थन जनाउँदै ट्रम्पले बन्दुक किन्न आउनेहरूको मानसिक स्वास्थ्यबारे ख्याल गर्ने विषयमा जोड दिने बताए । उनले बन्दुकमा कडाइ गर्ने सम्बन्धमा लामो समयदेखि बहस भएको र थुप्रै घटना पनि भइसकेको भन्दै अब विगतमा जस्तो कुरा मात्रै नहुने र त्यसलाई गरेरै देखाउने प्रतिबद्धता जनाए ।

विद्यार्थीहरूले ट्रम्पसमक्ष विद्यालयमा आफूहरूले सुरक्षित महसुस गर्न चाहेको बताएका थिए । कार्यक्रममा विद्यार्थी, उनीहरूका अभिभावक र शिक्षकले बन्दुकमा कडाइ गर्न भावुक याचना गरेका थिए । गत साता फ्लोरिडास्थित एक विद्यालयमा गरिएको बन्दुक आक्रमणमा १४ विद्यार्थीसहित १७ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);