प्रधानमन्त्री जासिन्डाको बन्दुक सम्वन्धि कानुन परिवर्तन प्रस्तावमा मन्त्रीपरिषदको समर्थन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री जासिन्डाको बन्दुक सम्वन्धि कानुन परिवर्तन प्रस्तावमा मन्त्रीपरिषदको समर्थन

newzerland

काठमाडौं, ४ चैत । न्युजिल्याण्डको क्राइस्टचर्च स्थित मजिस्दमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणपछि बन्दुक सम्बन्धी कानुन कडा बनाउन न्युजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले गरेको प्रस्तावमा मन्त्रीपरिषदले साथ दिएको छ । क्राइस्टचर्च स्थित मजिस्दमा भएको आक्रमणपछि बन्दुक सम्वन्धि वलियो कानुन बनाउन माग बढेको थियो ।

गत शुक्रबार न्युजिल्याण्डको क्राइस्टचर्च स्थित दुई मस्जिदमा भएको आक्रमणपछि बन्दुक सम्वन्धि वलियो कानुन बनाउन माग वढेको थियो । घटना लगत्तै प्रधानमन्धी ज्यासिन्डा आर्डर्नले यसका लागि चाँडै नै कानुन परिवर्तन गर्ने बताएकी थिइन । प्रधानमन्त्री जासिन्डाले उनको बन्दुक सम्वन्धि कानुन परिवर्तको प्रस्तावमा न्युजिल्याण्डको मन्त्रीपरिषदले साथ दिएको बताएकि छन् ।

न्युजिल्याण्डमा भएको सो आक्रमणमा परी ५० जनाको ज्यान गएको थियो भने अरु ४० जना भन्दा बढि घाइते भएका थिए । आक्रमणमा संलग्न २८ वर्षे अस्ट्रेलियाका ब्रेन्टन ट्यारेन्ट विरुद्ध हत्या आरोपमा मुद्दा चलाइएको छ । आक्रमणपछि बन्दुक सम्बन्धी कानुन बलियो बनाउन माग बढेको थियो, त्यसपछि प्रधानमन्त्री आर्डर्नले यसका लागि चाँडै नै कानुन परिवर्तन गर्ने बताएकी थिइन् । मन्त्रीपरिषदको बैठकपछि प्रधानमन्त्री आर्डर्नले आउँदो मार्च २५ सम्ममा बन्दुक सम्बन्धी कानुन परिवर्तन हुने बताइन् । उनले मन्त्रीपरिषदबाट कानुन परिवर्तन गर्ने सम्बन्धी निर्णय भएको बतायकि छन् ।

न्युजिल्याण्डको प्रहरीले सेमीअटोमेटिक हतियारमा प्रतिबन्ध लगाइ सकेको छ । न्युजिल्याण्ड आक्रमणको विश्वभरबाट निन्दा भइरहेको छ । न्युजिल्याण्डका अधिकारीले आक्रमणमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउन शुरु गरेका छन् । मारिने सबै मुसलमान रहेको र इस्लाम धर्ममा मानिसको मृत्यु भएको २४ घण्टाभित्र अन्तिम संस्कार गरिसक्नुपर्ने परम्परा रहेपनि आक्रमणको अनुसन्धानका कारण मृतकको शव आफन्तलाई बुझाउन समय लागेको बताइएको छ । प्रधानमन्त्री जसिण्डा अर्डेनले मस्जिदमा भएका आक्रमणपछि अब खुल्ने मस्जिदहरुमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिने जनाएकी छन् ।

आक्रमणकारीले आक्रमणको सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरेको थियो । आक्रमणलगत्तै प्रहरीले आक्रमणमा संलग्न रहेको भन्दै एक महिलासहित चार जनालाई पक्राउ गरेको भएपनि संदिग्ध आक्रमणकारीबाहेक अन्य तीनजनालाई रिहा गरेको छ । उनीहरुविरुद्ध पर्याप्त प्रमाण जुट्न नसकेकाले रिहा गरिएको बताइएको छ । यद्यपि संदिग्ध आक्रमणकारीविरुद्ध भने किवी अभियोजनकर्ताले कानूनी प्रक्रिया अघि बढाइसकेका छन् । शनिबार मात्रै आक्रमणकारीलाई अदालतमा हाजिर गराई उनीविरुद्ध हत्यासम्बन्धी अभियोग दर्ता गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);