इन्डोनेसियामा बाढीमा परेर ७३ जनाको मृत्यु, ६० जना वेपत्ता तथा सयौ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

इन्डोनेसियामा बाढीमा परेर ७३ जनाको मृत्यु, ६० जना वेपत्ता तथा सयौ घाइते

indonesia-badhi

काठमाडौं, ४ चैत । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको भीषण बाढीमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको छ ।

बाढीमा परेर अन्य ६० जना बेपत्ता भएको तथा सयौ घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । बाढीप्रभावितहरुलाई उद्धार गर्न ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । विकट क्षेत्रका गाउँसमेत बाढीप्रभावित भएकाले उद्धारकर्मीहरुलाई समस्या भएको छ । विकट क्षेत्रको तथ्यांक आइनसकेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण सडकहरु अवरुद्ध भएका छन् । कयौं घर डुबानमा परेका छन् । सरकारी अधिकारीहरुले बाढीका कारण कम्तीमा चार हजार मानिस विस्थापित भएका जनाएका छन् । इन्डोनेसियामा गत अक्टोबरदेखि अप्रिलसम्ममा पाँचपटक बाढी आइसकेको छ । भारी वर्षा जारी रहेका कारण बाढी अझै केही दिन आउनसक्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);