जापानमा १८ लाख डलरभन्दा बढीको हीरा चोरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

जापानमा १८ लाख डलरभन्दा बढीको हीरा चोरी

diamond stolen

एजेन्सी, ९ कात्तिक । जापानमा १८ लाख अमेरिकी डलरभन्दा बढीको हीरा चोरी भएको छ । राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा सो बहुमुल्य हिरा चोरी भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

जापान प्रहरीले हिरा खोज्नेकाम तिब्र बनाएको छ । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

योकोहामा सहरमा तीनदिने गरगहना प्रदर्शनीकाक्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । गरगहना व्यापार प्रदर्शनीमा जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना राखिएका थिए ।