अष्ट्रेलियाको उलुरु चट्टान आरोहणमा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अष्ट्रेलियाको उलुरु चट्टान आरोहणमा प्रतिबन्ध

australia uluru rock climbing

एजेन्सी, ८ कात्तिक । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ । युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको उक्त विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । त्यसलाई स्थानीय आदिवासी समुदायले धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

कस्टोडियन, आनागुवा आदिवासी समुदायले धेरै समय अघिदेखि यसको आरोहणमा प्रतिवबन्ध लगाउनु पर्ने आवाज उठाउँदै आएका थिए ।प्रतिबन्ध लगाइने खबर सार्वजनिक भएसँगै हजारौं पर्यटक उलुरु चट्टान आरोहणका लागि पुगेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

शुक्रवार आरोहणको अन्तिम दिन भएकाले त्यहाँ हजारौं पर्यटकको घुइँचो लागेको छ ।उलुरु चट्टान चढ्ने अन्तिम व्यक्ति हुन पाइएको भन्दै पर्यटकहरु निकै उत्साहित भएका जनाइएको छ । पार्कको राष्ट्रिय वोर्डले धार्मिक र वातावरणीय कारण देखाउँदै सन् २०१७ मा आरोहण बन्द गर्ने निर्णय गरेको थियो ।

दुर्घटना र तापक्रमजन्य कारणले सन् १९५० यता उलुरु चट्टान आरोहणका क्रममा दर्जनौ व्यक्तिहरुको ज्यान गइसकेको छ । उक्त चट्टान ३ सय ४८ मिटर अग्यो छ भने गर्मीयाममा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);