इरानमा मूल्यवृद्धि र मुद्रा अवमुल्यनको विरोधमा विशाल प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

इरानमा मूल्यवृद्धि र मुद्रा अवमुल्यनको विरोधमा विशाल प्रदर्शन

mulya bridi

एजेन्सी, १२ असार । इरानमा मूल्यवृद्धि र मुद्रा अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ । मूल्यवृद्धि र मुद्रा अवमुल्यनको विरोधमा राजधानी तेहरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् ।

प्रदर्शन सन् २०१२ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ । संसद् भवन अगाडि बढेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको छ ।

सन् २०१६ मा अन्तराष्ट्रिय समुदायसँग भएको सम्झौतापछि आर्थिक प्रतिबन्ध खुकुलो पारिए पनि गत मे मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौताबाट अलग्गिएको घोषणा गर्दै प्रतिबन्ध कायमै राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);