भारतीय नागरिक सुनको गहनासहित रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतीय नागरिक सुनको गहनासहित रंगेहात पक्राउ

indian nagarik chor

झापा, १५ कात्तिक । भारतीय नम्बर प्लेटको सवारीसधान चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ बर्षीय रघुबरप्रसाद साहलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

सिसी क्यामेरा फुटेजको सहयोगमा भारतीय नागरिक साहलाई ठूलो परिणामको सुनको गरगहाना चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार कमल गाउँपालिका ६ स्थायी घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ बर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ बर्षीया मधु गुप्ताको घरबाट बुधबार दिउँसो कोही नभएको मौका छोपी साहले चोरी गरेका थियो । एकै पटक तीन वटा घरमा चोरी भएको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसी क्यामेराको फुटेज हेरेर साहको पहिचान गरी बिर्तामोड ५ बाट पक्राउ गरेको हो ।

साहको गाडी चेकजाँच गर्दा चोरी गरिएको लाखौं मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली ३८ हजार र भारतीय १३ हजार ७ सय रुपैयाँ बरामद भएको छ । बरामद भएको गरगहना र नगदसहित साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनरामनीमा राखिएको जनाइएको छ । यसअघि पनि मेचीनगर र भद्रपुर क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडी चढेर दिउँसै चोरी तथा डाका घटना झापामा भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);