बिन्दवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिन्दवासिनी मन्दिरको दानपेटिका चोरी गर्ने पक्राउ

कास्की। विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । दान पेटिका चोरेको अभियोगमा पोखरा महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिका सहित पक्राउ गरेको हो।

उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);