सार्वजनिक होला त कोहिनुर हीरा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सार्वजनिक होला त कोहिनुर हीरा !

pashupatinath

काठमाडौं, ९ असार । विश्वमै दुर्लभ मानिएको कोहिनुर हीरा के अब आम नेपालीले अवलोकन गर्न पाउलान् ? राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथको कुल भेटी आम्दानी नगद, जिन्सी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि यो कौतुहलता बढेको छ ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ सभा सदस्य नरोत्तम वैद्यका अनुसार वि.सं. २००२ को जयबागेश्वरी तहबिलको एक अभिलेखमा यो हीरा रहेको र जयबागेश्वरीका सबै गरगहना पशुपतिनाथ मूल ढुकुटीमा भिœयाउने क्रममा हीरा पनि ढुकुटीमै रहेको अनुमान छ । नाथको मन्दिरको मूल ढुकुटीमा के कति धनमाल के कस्तो अवस्थामा छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।

एक दशकअघि यकिन गर्ने प्रयास भए पनि सर्वोच्च अदालतले २०६६ पुस २७ गते उत्प्रेषणयुक्त परमादेश जारी गर्दै ढुकुटी खोल्न रोकेको थियो । पशुपतिनाथ भण्डार तहबिलको पछिल्लो अभिलेखअनुसार नाथको ढुकुटीमा २०१९ सालयता नौ किलो २७६।६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी दाखिला छ तर २०१९ सालअघिको अभिलेख भने छैन । मन्दिरको ढुकुटीमा प्रवेश गर्न अनुमति पाउने नाथका विसट नाइके अरुण श्रेष्ठका अनुसार २०१९ सालअघिको अभिलेख तत्कालीन कौसी तोषाखानासँग हुन सक्छ ।

पशुपतिनाथमा कोहिनुर हीरा तत्कालीन जङ्गबहादुर कुँवर राणाले लखनउ विद्रोह साम्य पार्न गएताका भगाइएकी गोरखपुरे महारानीका साथ यहाँ भित्रिएको अनुमान गरिन्छ । श्री ३ जङ्ग संस्थाका अध्यक्ष यमजितप्रताप जङ्गबहादुर राणा भन्नुहुन्छ, “जङ्गका धेरै रानी भए पनि यी गोरखपुरे महारानीको सालिक बनाई उनले बिहान–बेलुकी दुई पटक आरती उतार्नेसमेत व्यवस्था गरे । थापाथलीमा रहेको उनको सालिकमा दुई पटक आरती उतार्ने चलन अहिले पनि विद्यमान छ । ” राणाका अनुसार महारानीले आफूसाथ अमूल्य धनमाल भिœयाएकाले यो व्यवस्था भएको हुन सक्छ ।

यसो त पशुपतिनाथको मन्दिरको गर्भगृहबाट भ¥याङ लगाएर ढुकुटी पुगिन्छ । जानकारका अनुसार ढुकुटीभन्दा माथिको दोस्रो तलामा भने बाहिरबाटै खट लगाएर आँखीझ्याल खोलेर पस्नुपर्छ । यो क्षेत्रमा फलामका युद्ध कवच र ढाल–तरबार प्रशस्त छन् । गजुरमुनिको तलामा वरिपरि पर्खाल लगाइएको छ भने यो तलामुनि ढुकुटी क्षेत्रमा च्यानल गेट र केही फलामे सन्दुक छन् ।

हनुमानढोका दरबार मूल ढुकुटीमा मुलुकका सबै देवस्थलका गरगहना मणिमाणिक्य रहेको भए पनि पशुपतिनाथको धनमाल भने यो ढुकुटीमा छैन । हनुमानढोका ढुकुटीमा १६ हजारभन्दा बढी मणिमाणिक्य असर्फीलगायत बढी मूल्यका धनमाल भएको केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालय प्रमुख राजेन्द्र दाहाल भन्नुहुन्छ ।

पशुपतिनाथको ढुकटीका धनमाल सङ्ग्रहालयमार्फत सार्वजनिक हुनुपर्ने पूर्वकोषाध्यक्षसमेत रहनुभएका प्रदेश सभा सदस्य वैद्यको भनाइ छ । यसै उद्देश्यका साथ पशुपतिनाथ महास्नानघरलाई सङ्ग्रहालय बनाउने निर्णय भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);