मान्छेमाथि एक्स्काभेटर : बकेटको ठक्करले महिला बेहोस, अरु ७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मान्छेमाथि एक्स्काभेटर : बकेटको ठक्करले महिला बेहोस, अरु ७ जना घाइते

manis mathi dojar

काठमाडौं, ६ कात्तिक । दशरथ चन्द नगरपालिकाको चिलाउने टोलका बासिन्दा एक्स्काभेटरसहित सडक खन्न तम्सिएपछि अयरखालीका मानिस जम्मा भए । उनीहरूले सडक खन्ने काम रोक्न आग्रह गरे । उपभोक्ता समितिका व्यक्तिहरूले सुनेनन् । समितिको निर्देशनमा चालकले जबर्जस्ती एक्स्काभेटर अघि बढाए । त्यसपछि स्थानीयले प्रतिरोध गरे ।

मेसिनले खन्दै गयो, स्थानीयले विरोध गर्दै गए । केहीबेरमा दुवै पक्षबीच ढुंगा हानाहान सुरु भयो । यही क्रममा चालकले एक्स्काभेटरको ‘बकेट’ ले गौरी जोशीलाई हिर्काए । गौरी बल्ड्याङ खाँदै तल झरिन् । त्यहीँ बेहोस भइन् । अरूले उनलाई उद्धार गरे ।

दशरथ चन्द नगरपालिकाको वडा नम्बर ९ ग्वालेकमा सुन्नाखान–चिलाउने–पार्सा सडक खन्ने क्रममा सोमबार गौरी घाइते भएकी हुन् । सडक चिलाउने टोलबाट अगाडि अयरखाली टोलमा काटिँदै थियो । अयरखालीका बासिन्दा त्यहाँबाट सडक लैजान नहुने अडानमा थिए । सडक जबर्जस्ती खन्न खोज्दा विरोधमा उत्रिएकी गौरीलाई एक्स्काभेटरले हिर्काएपछि दुवै पक्षबीच झडप भएको थियो । त्यस क्रममा सात जना घाइते भएको स्थानीयले बताए । गाउँलेले गौरीलाई बेहोस अवस्थामै जिल्ला अस्पतालमा पुर्‍याएका थिए ।
त्यहाँबाट धनगढी रेफर गरियो । धनगढीबाट पनि उनलाई कोहलपुर पठाइएको छ । ‘धनगढीमा असजिलो हुने देखिएपछि कोहलपुर ल्याएका हौं,’ गौरीका पति जगदीशले कान्तिपुरसँग टेलिफोनमा भने । उनले उपचार गर्ने पैसा नभएर आफू तनावमा रहेको समेत सुनाए । घटना भएका बेला उनी डडेलधुरामा थिए । जगदीशले चालकलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा कारबाही गरिनुपर्ने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);