जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई अमेरिकी राष्ट्रपति बाइडेनको निम्तो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई अमेरिकी राष्ट्रपति बाइडेनको निम्तो

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर २४ मा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा भेटका लागि निम्तो दिनु भएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री सुगा योसिहिदे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा आमन्त्रण गरिएको जानकारी दिएका हुन ।

साकीका अनुसार अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डायलग बनाइएको छ ।

क्वाडका नेताहरू पहिलो पटक प्रत्यक्ष भेटघाट गर्न लागेका हुन । साउथ चाइना, दक्षिण पूर्वी एसियालगायत क्षेत्रमा चीनको प्रभाव रोक्न क्वाडले काम गर्ने बताइएको छ । साथै कोरोना नियन्त्रण, जलवायु परिवर्तन, साइबर स्पेशमा सहकार्य तथा स्वतन्त्र प्रशान्त क्षेत्र बनाउने लगायतका विषयमा छलफल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);