उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको अमेरिकाको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको अमेरिकाको भनाई

एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग वार्ताको ढोका खुला रहेको बताएको छ ।

उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएको अन्तार्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उक्त कुरा जनाएको बताइएको छ । साथै दूत किमले उत्तर कोरियाप्रति अमेरिकाको कुनै पनि शत्रुतापूर्ण व्यवहार नरहेको जनाएका छन् ।

त्यस्तै अहिले खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता दिने प्रस्ताव पनि सो छलफलमा भएको बताइएको छ । आइतबार मात्रै उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो । उत्तर कोरियाले यसअघि जो बाइडनले राष्ट्रपतिको शपथ लिएसँगै क्रुज मिसाइल परीक्षण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);