अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघ समक्ष माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न अफगानिस्तानको विघटित सरकारका राजदूतद्वारा संयुक्त राष्ट्रसंघ समक्ष माग

एजेन्सी । अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गरेका छन् ।

विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजदूत अन्दिशाले जेनेभामा भएको राष्ट्रसंघको कार्यक्रममा तालिबान समूहबाट विशेष गरी महिला तथा बालिकाहरूमाथि दुर्व्यवहार भएको भन्दै ध्यानाकर्षण गराएको बताइएको छ । साथै अन्दिशाले पञ्जशिर उपत्यकामा पनि राष्ट्रसंघको टोली पुग्नुपर्नेमा जोड दिनुभएको छ ।

अफगानिस्तानमा तालिबान सरकार गठन भए पनि राजदूत अन्दिशालाई भने स्वदेश फिर्ता बोलाइएको छैन । यसअघि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिचेल बाचेलेट र युरोपेली युनियनले पनि राष्ट्रसंघको मानव अधिकार परिषद्लाई अफगानिस्तानमा भएको मानव अधिकार हनन्का घटनालाई लिपिवद्ध गर्न उच्च संयन्त्र बनाउन माग गर्नुभएको थियो ।

गएको महिना तालिबानी समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेयता माधव अधिकारका विषयमा प्रश्न उठ्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);