आसन्न वार्तामा प्रगति भए अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई ह्वाइट हाउसमा बोलाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आसन्न वार्तामा प्रगति भए अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई ह्वाइट हाउसमा बोलाउने

donald trump

एजेन्सी, २५ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ह्वाइट हाउसमा बोलाउन सक्ने बताएका छन् ।

उत्तर कोरियाली नेता किमसँगको शिखर वार्ताको पूर्वसन्ध्यामा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग भेट गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । ट्रम्पले यही जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्तामा प्रगति भए किमलाई आफूले ह्वाइट हाउसमा बोलाउन सक्ने बताए । ट्रम्पले उत्तर कोरियालाई पारमाणविक हतियार त्याग्न केही समय लाग्ने पनि बताए ।

एउटा बैठकबाट नै सबै लक्ष्य पूरा नहुने उनको भनाइ छ । उनले किमसँगको वार्ताका लागि आफू पूर्णरुपमा तयारी अवस्थामा रहेको बताए । किमसँग मैत्रीपूर्ण वातावरणमा वार्ता गर्न गइरहेको भन्दै ट्रम्पले आफू उत्तर कोरियामाथि धेरै किसिमका प्रतिबन्ध लगाउन सक्ने अवस्थामा रहेको चेतावनी पनि दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);