ट्रम्प-किम वार्ता पूर्व निर्धारित मितिमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रम्प-किम वार्ता पूर्व निर्धारित मितिमै

trump-Kim Yong Chol

एजेन्सी, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उनसँगको आफ्नो वार्ता पूर्व निर्धारित मितिमै हुने बताउनुभएको छ । एक साता पहिले किमलाई पत्र लेखेर एकतर्फी रुपमा वार्ता रद्द भएको घोषणा गरेका ट्रम्पले किमका दूत बनेर न्युयोर्क पुगेका किम योङ चोलसँगको भेटवार्तामा पूर्व निर्धारित मितिमा वार्ताका लागि आफू तयार रहेको बताएका छन् ।

ट्रम्प र किमबीचको वार्ता यही जुन १२ मा सिंगापुरमा गर्ने तय गरिएको छ । उत्तर कोरियाली नेता चोललाई ह्वाइट हाउसमा भेटेपछि ट्रम्पले किमसँगको वार्ता सफल हुने विश्वास लिएको पनि बताए । चोलले ट्रम्पलाई आफ्ना नेता किमले पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

ट्रम्पले चोलसँगको भेटवार्ताका क्रममा पूर्वयोजना विनै सञ्चारकर्मीहरुसँग १६ मिनेट लामो सवाल जवाफ गरी उत्तर कोरियासँग सम्बन्ध बनिरहेको र त्यो निकै सकारात्मक रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);