उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्न अमेरिका र दक्षिण कोरियाबीच छलफलकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्न अमेरिका र दक्षिण कोरियाबीच छलफलकाे तयारी

एजेन्सी । उत्तर कोरियाको आणविक गतिविधि नियन्त्रण गर्ने विषयमा अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाका राष्ट्रपति मुनजे इनबीच छलफल हुने भएको छ ।

आगामी महिना ह्वाइट हाउसमा हुने वार्तामा उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमलाई बन्द गर्नेबारे छलफल हुन लागेको हो ।

राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँगको आफ्नो नीतिको समीक्षा भइरहेकाले आगामी महिनाबाट नयाँ नीतिअनुसार अघि बढ्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यस्तै दक्षिण कोरिया, चीन र जापानबीच क्षेत्रिय सुरक्षाका लागि थप सहयोग गर्न पनि आफू तयार रहेको राष्ट्रपति बाइडेनको भनाई छ । केही महिनाअघि जापान, अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा सैन्य अभ्यास गरेपछि उत्तर कोरिया थप सशंकित भएको थियो ।

त्यस्तै राष्ट्रपति बाइडेनले जापानका प्रधानमन्त्री योशीहाइड सुगासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);