भारतले अमेरिकाबाट ३० वटा प्रिडेटर ड्रोन खरिद गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतले अमेरिकाबाट ३० वटा प्रिडेटर ड्रोन खरिद गर्ने

काठमाडौं, १ असार । भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ३० वटा प्रिडेटर ड्रोन खरिद गर्न स्वीकृति प्रदान गरेको छ । भारतीय समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यी ड्रोनको खरिदले भारतीय सेनाको विशेष गरी चीनसँगको सीमा क्षेत्रमा निगरानी गर्ने क्षमतालाई बलियो बनाउनेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको केही दिन अगाडि रक्षा मन्त्रालयको यो निर्णय सार्वजनिक भएको हो । तीन अर्ब अमेरिकी डलरको यो खरिद सम्झौता आगामी साता प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँगको वार्तापछि घोषणा हुन सक्ने अनुमान गरिएको छ

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको रक्षा अधिग्रहण परिषद्को बैठकमा यसको खरिद प्रस्तावलाई अनुमोदन गरेको हो । यसमा समुद्री निगरानीबाट दुश्मनको पनडुब्बीलाई निशाना बनाउने समेत क्षमता रहेको छ । समाचार एजेन्सी पीटीआईले आफ्नो रिपोर्टमा भारतीय नौसेनालाई १४ ड्रोन र वायुसेना र सेनालाई ८–.८ ड्रोन दिन सकिने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);