पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पाकिस्तानले चीनसंग ४८वटा अत्याधुनिक सैनिक ड्रोन खरीद गर्ने

एजेन्सी, २३ असोज । पाकिस्तानले चीनसंग ४८ वटा अत्याधुनिक मिलीट्री ड्रोन खरीद गर्ने भएको छ । बिग लुङ—२ ड्रोन नाम दिइएको सो ड्रोन चीनमा निर्मीत बहुउपयोगी मारक क्षमता राख्दछ । शक्ति आर्जन गर्नेक्रममै पाकिस्तानले परमाणु हतियार युक्त गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ ।

भारतले रुससंग एस फोर हन्ड्रेड मिसाइल रक्षा प्रणाली खरीद गर्ने सम्झौता गरेको एक साता नबित्दै पाकिस्तानले चीनसंग अत्याधुनिक ४८ वटा मिलिट्री ड्रोन खरीद गर्ने भएको छ ।

बिग लुंग -२ नामक सो ड्रोन चीनमै बिकसित गरिएको हो । बहु उपयोगी मानव रहित एयरक्राफ्ट सिस्टम युक्त ड्रोनको मुल्य भने बताइएको छैन । भारत पािकस्तान सिमामा बेलाबखत तनाव र झडप भैरहने हुँदा यो ड्रोन पाकिस्तानका लागी उपयोगी हुने चीनीयाँ संचारमाध्यमले जनाएका छन् । यसैैबीच पाकिस्तानले परमाणु हतियार लैजानसक्ने गौरी ब्यालेस्टीक मिसाइलको सफल परीक्षण गरेको छ ।

भिडियो हेर्नुहोस्:

 

१३ सय किलोमिटर टाडा सम्म मारहान्न सक्ने सो सिसाइलले निकै तलसम्म उडान भर्न सक्ने हुँदा राडारको रेञ्जमा आउन नसक्ने सैनिक अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका राष्ट्रपति डाक्टर आरीफ अल्वी र प्रधानमन्त्री इमरान खानले मिसाइलको सफल परीक्षण प्रति खुसी ब्यक्त गर्दै पाकिस्तानी वैज्ञानीकहरुलाई बधाइ दिएका छन् ।

भारतसंग परमाणु क्षमता युक्त मिसाइल भएको सन्दर्भमा पाकिस्तानले पनि आफ्नो शक्ती बढाउने क्रममा सो मिसाइल परीक्षण गरेको प्रमुख लेफ्टीनेन्ट जनरल मोहमद हिलाल हुसैनले बताए । पाकिस्तानमा सेनाले गर्ने प्रगतिमा त्यहाँका जनताले खुसीयाली ब्यक्त गर्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);