पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण

एजेन्सी,१३ पुस । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।

आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);