तालिवानमा नयाँ नेता चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तालिवानमा नयाँ नेता चयन

taliban

एजेन्सी, १० असार । पाकिस्तानमा तालिवानका नयाँ नेताको नाम घोषणा गरिएको छ । चरमपन्थी संगठन लहरिक ए तालिवान पाकिस्तानले आफ्नो नेता मुुल्ला फर्मूल्लाहको अमेरिकी ड्रोन आक्रमणमा मृत्युुपछि नयाँ नेता चयन गरेको हो ।

पाकिस्तानमा कार्यरत चरमपन्थी संगठन तहरिक ए तालिवान पाकिस्तानले मुफ्ती नूर अली महसूदलाई अमिर र मुफ्ती मजाहम अलमारुख मुफ्ती हिफुुजुुुल्लाहलाई नायव अमिर चयन गरेको हो । यसअघि जुन १३ तरिकखमा अमेरिकी ड्रोन आक्रमणमा पाकिस्तानका तालिवान नेता मारिएका थिए ।

नयाँ नियुुक्त भएका दुुबै नेताले तालिवानका महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरसकेका छन । ४० बर्षीय मुफ्ती नुुर अलीले तालिवानको इतिहासमाथि एउटा पुुस्तक नै लेखेका छन । दक्षिणी बजिरस्तानको तियारजा इलाकामा जन्मिएका नूर अली पाकिस्तानी सैनिक बिरुद्धको लडाइमा पनि सामेल भइसकेका छन ।

सन २०१४ मा ड्रोन हमला हुँदा आठजना तालिवानीहरु मारिएका थिए । जसमा नुुर अली बाँच्न सफल भएका थिए । नूर अलीको पुुस्तक नै पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुुट्टोमाथि गरिएको सांघातिक हमला र रावलपिण्डी हमलाको जिम्मेवारी स्वीकार गरिएको छ । जबकि तालिवानले ती हमलामा सामेल नभएको दाबी गर्दै आएको थियो ।

तालिवानले पाकिस्तानी सेनालाई पनि अपहरणको शिकार बनाउँदै आएको र सन २००७ मा दक्षिणी बजरीस्थानमा गरिएको एक आक्रमणमा बन्धक बनाएका सरकारी कर्मचारी सैनिक र हतियार फिर्ता गर्न सरकारसँग ६ करोड रुपैयाँ असुुल गरेको नुुर अलीको पुुस्तकमा उल्लेख छ ।

तालिवान समुुहले संगठन बनाउन र आर्थिक रकम जम्मा गर्न डाँका, भत्ताखोरी र रुपैयाँ लिएबापत कसैलाई हत्या गर्नेसम्मका काम गरेर पाकिस्तानमा बदनाम भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);