जिम्बाब्वेका राष्ट्रपति मनाङगाग्वालाई लक्षित गरी बम हमला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जिम्बाब्वेका राष्ट्रपति मनाङगाग्वालाई लक्षित गरी बम हमला

jimbabe

एजेन्सी, १० असार । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वा आफूलाई लक्षित गर्दै गरिएको बम हमलाबाट मुस्किलले जोगिएका छन् ।

राष्ट्रपति मनाङगाग्वा जिम्बाबेको बुलावायो शहरमा गरिएको बम हमलामा मुस्किलले जोगिएका हुन् । मनाङगाग्वा केही इञ्चले निसानामा पर्नबाट जोगिएका थिए । आगामी जुलाई ३० मा हुन लागेको चुनावअन्तर्गत प्रचारका क्रममा ह्वाइट सिटी रंगशालामा भएको र्यामा  आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा राष्ट्रपति मनाङगाग्वालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

बम हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा सामान्य चोट लागेको छ । विस्फोटमा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मनाङगाग्वा गत नोभेम्बरमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई हटाएर सत्तामा आएका हुन् । राष्ट्रपति मनाङगाग्वाले आफू भाग्यबश बाँच्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);