६ वर्षपछि जापानका प्रधानमन्त्री चीन भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

६ वर्षपछि जापानका प्रधानमन्त्री चीन भ्रमणमा

एजेन्सी, ८ कात्तिक । चीन र जापानबीच नयाँ आर्थिक साझेदारी बृद्धि र विद्यमान सम्बन्धमा सुधार गर्ने उद्देश्यले जापानका प्रधानमन्त्री शिन्जो आवे बिहीबार चिनको बेइजिङ आएका छन् ।

६ वर्ष पछि जापानका प्रधानमन्त्री चीन आएका हुन् । चीन र जापानमाथि अमेरिकाले कर वृद्धि गरेपछि ती दुवै देशलाई नजिक आउने वातावरण सृजना भएको हो ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना प्रति अभिरुचि बढाएपछि जापानका प्रधानमन्त्री शिन्जो आवे बिहीबार चीनको बेइजिङ आएका हुन् । चीन र जापान अमेरिका सँगको व्यापार युद्धको चेपुवामा परेपछि एक अर्काको नजिक आइपुगेका हुन ।

६ वर्ष पछि जापानका प्रधानमन्त्रीले पहिलो पटक चीन भ्रमण गरेका छन् । जापानका प्रधानमन्त्री आवेको चीन भ्रमणले जापान र चीनबीच सम्बन्ध सुधार गर्न सहयोग पुग्ने चीनियाँ विशेषज्ञहरुले विश्लेषण गरेका छन् ।

अमेरिकाले चीन र जापानका बस्तुहरुमा कर लगाएपछि विश्व बजारमा त्यसको असर देखा परेको छ । यहीबेला राष्ट्रपति सि जिन पिङ र जापानका प्रधानमन्त्री शिन्जो आवेबीचको भेटर्वार्ताले दुबै देशले समान रुपमा सामना गर्नु परेको समस्याको बारेमा छलफल गर्न तथा भावि रणनीति बनाउन मद्दत पुगेको छ ।

भिडियाे हेर्नुहोस्:

चीन र जापानबीच नयाँ आर्थिक साझेदारी कसरी बृद्धि गर्ने र भविष्यमा एक अर्काको आवश्यकता कुन ढङगले परिपुर्ति गर्ने तर्फ पनि दुवै देशका नेताहरुकोवार्ता केन्द्रित रहेको बताइएको छ ।

चीन र जापाबीच दक्षिण चीन सागरको केहि द्धिपको स्वामित्वलाई लिएर दुबै देशबीच विवाद भएपछि सन् २०१२ पछि जापानका प्रधानमन्त्रीको चीन भ्रमण हुन सकेको थिएन् । सन् २०१२ मा जापानले केहि द्धिपलाई आफ्नो अधिनमा ल्याएको घोषणा गरेपछि चीनमा जापान विरोधि भावना फैलिएको थियो ।

४ वर्ष अघि जापानका प्रधानमन्त्री आवे र चीनका राष्ट्रपति सि बीच विदेशमा एउटा शिखर बैठकमा साइट लाइन वार्ता भएपछि दुबै देशबीच मन्त्रीस्तरमा भ्रमणको आदान प्रदान भएको थियो ।

दुबै देश शक्ति सम्पन्न राष्ट्रको सुचिमा रहेको र एक अर्कालाई आर्थिक दृष्टिबाट नजिक ल्याउन इच्छुक भएपछि वर्तमान सम्बन्ध सुदृढ पाइला तर्फ बढेको चीनका विज्ञहरुले टिप्पणी गरेका चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आर्थिक दृष्टिबाट फड्को मारिरहेको चीनले जापानी प्रविधि प्रयोग गर्न चाहेको छ, भने जापानले पनि चीनको ठूलो बजारमा आफ्नो उत्पादन पु-याउन खोजेको बेला जापानको प्रधानमन्त्रीको यो भ्रमण फलदायी हुने विश्वास गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);