ओबामा र क्लिन्टनलाई विस्फोटक पदार्थ पठाएको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओबामा र क्लिन्टनलाई विस्फोटक पदार्थ पठाएको खुलासा

obama-clinton

एजेन्सी, ८ कात्तिक । अमेरिकाका पूर्व विशिष्ट पदाधिकारी तथा सञ्चारमाध्यमहरुलाई अज्ञात समूहले हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको खुलासा भएपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको छ ।

पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात समूहले विस्फोटक पदार्थ पठाएको सार्वजनिक भएपछि एफबीआईले उच्च प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको हो । त्यसैगरी अमेरिकी टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएको थियो ।

अमेरिकी वरिष्ठ अधिकारीहरुलाई पठाइने चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकले विस्फोटक पदार्थ रहेको पत्ता लगाएपछि एफबीआईले अनुसन्धान थालेको हो । त्यस्तो विस्फोटक पदार्थ कहाँबाट पठाइको हो भन्ने स्पष्ट भने भइसकेको छैन । अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले अक्टोबर २३ मा पूर्वविदेशमन्त्री क्लिन्टनको नाममा विस्फोटक पदार्थसहितको पत्र आएको जनाएको छ ।

त्यसैगरी अक्टोबर २४ मा त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको पाइएको थियो । त्यसलाई सिक्रेट सर्भिसका अधिकारीहरूले वासिङ्टन डिसीमा बरामद गरेका थिए ।पार्सल गरिएका दुवै वस्तु लक्षित ठेगानामा पुग्नु अघि नै नियन्त्रणमा लिइएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताको सुरक्षा आफ्नो उच्च प्राथमिकता रहेको भन्दै आतंक सिर्जना गर्नेहरुलाई अमेरिकामा स्थान नरहेको चेतावनी दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);