अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

अमेरिकामा इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद

पौष १७ बुधबार
अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेशनु एफबीआईले इतिहासकै सबैभन्दा धेरै विस्फोटक पदार्थ बरामद गरेको छ ।भर्जिनियामा छापा मार्ने क्रममा एक सय ५० वटा बम बरामद गरेको एफबीआईले जनाएको छ । यो अमेरिकाको इतिहासमा बरामद भएका अहिलेसम्मकै सबैभन्दा धेरै विस्फोटक पदार्थ हुन् ।

आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई गएको डिसेम्बर १७ मा पक्राउ गरेर अनुसन्धान थालिएको बीबीसीले जनाएको छ । एफबीआईले हतियार र गोलाबारुद सङ्कलन गरिरहेको जानकारी पाएपछि उनलाई पछ्याएको थियो ।अनुसन्धानका क्रममा अभियुक्तको घरमा नो लाइभ्स म्याटर लेखिएको झोला पाएको र यस्तो झोला अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिने अनुसन्धानकर्ताले बताएका खबरमा उल्लेख छ ।

Leave a Reply