पत्रकारको शव कहाँ छ ? उनलाई हत्या गर्ने आदेश कसले दियो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पत्रकारको शव कहाँ छ ? उनलाई हत्या गर्ने आदेश कसले दियो ?

एजेन्सी, ७ कात्तिक । अमेरिकाको वासिंगटन पोष्टका पत्रकार जमाल खाशोग्गीको इस्तानबुल स्थित साउदी वाणिज्य दुतावसमै भएको हत्याको घटनाका विभिन्न पाटोहरु वाहिर आउन थालेका छन् ।

टर्किका अधिकारीहरु पछि स्वयम् राष्ट्रपति रेसप तैयप एर्दोगानले वाणिज्य दुतावास भित्रै क्रुरता पुर्वक हत्या गरिएको खुलासा गरेका छन् । संसार भरबाट यो हत्याको निन्दा र दोषिमाथि कारबाहिको माग भैरहदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासोग्गीको हत्यारालाई अमेरिकाले दण्डित गर्ने घोषणा गरेका छन् ।

टर्किको स्तानबुल स्थित साउदी वाणिज्य दुताबास जहा अक्टुबर २ तारिखका दिन चर्चित पत्रकार जमाल खाशोग्गीको क्रुर हत्या भएको थियो । उनी आफ्नो व्यक्तिगत कामको सन्दर्भमा वाणिज्य दुतावास पुगेका थिए ।

तर त्यो नै उनको जिवनको अन्तिम दिन थियो । साउदीबाट झिकाइएका पेशेबर किलरहरु लगाएर दुतावास भित्रै खाशोग्गीको हत्या गरिएको कुरा टर्किको जाँच अधिकारीहरुको भनाई छ ।

हत्याराले लछार पछार गर्दै अमानविय ढंगबाट प्रस्तुत भई पत्रकारको हत्या गरिएको सनसनि फैलिएपनि त्यसलाई साउदी वाणिज्य दुतावासमा कार्यरत अधिकारीहरुले गलत भन्दै आएका थिए ।

सो घटनाको चारैतिरबाट पोल खुल्न थालेपछि बल्लतल्ल साउदी सरकारले दुतावास भित्र हत्या भएको स्विकार गरेका छन् । तर हत्या पछि लास कहाँ गायब भयो ? टर्किका अधिकारीहरुले पत्रकार खाशोग्गीको हत्या षडयन्त्रपुर्वक भएको बताइरहदा टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि इस्तानबुल स्थित साउदी वाणिज्य दुतावास भित्रै हत्या भएको टर्किसँग बलियो प्रमाण भएको बताएका छन् ।

उनले यस घटना विरुद्ध इस्तानबुलमा मुद्धा चलाउनु पर्ने कुरामा जोड दिएका छन् । कुनै बेला साउदी रोयल परिवारबाट धेरै नजिक रहेका पत्रकार खाशोग्गी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानको कटु आलोचक थिए ।

उनी आफ्नो सुरक्षाको कारण साउदी अरबबाट निस्केर पछिल्लो वर्षदेखि नै अमेरिका बस्दै आएका थिए । मृतक पत्रकारको शव कहाँ छ र उनलाई हत्या गर्ने आदेश कसले दियो ? संसारभरबाट प्रश्नहरु आइरहँदा यसको जवाफ साउदी अरबले दिनु पर्ने अवस्था छ ।

यो घटनामा साउदी क्राउन प्रिन्सको संलग्नता रहेको आशंका छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासोग्गीको हत्यारालाई अमेरिकाले दण्डित गर्ने घोषणा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);