खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीको दावी

Khashoggi murder

एजेन्सी, १५ कात्तिक । २ अक्टोवरमा अमेरिकाको वासिंगटन पोष्टका पत्रकार जमाल खशोग्जीको इस्तानबुल स्थित साउदी वाणिज्य दुतावसमै भएको हत्याको टर्किले आधिकारीक धारणा सार्वजनिक गरेको छ । संसार भरबाट यो हत्याको निन्दा र दोषिमाथि कारबा हिको माग भैरहदा टर्किले दुतावासमा छिर्नेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको दावी गरेको छ ।

साउदी पत्रकार जमाल खशोग्जीको घाँटी थिचेर हत्या गरिएको टर्कीले दाबी गरेको छ । यस घटनाबारे पहिलोपटक मुख खोल्दै टर्कीले दूतावासमा छिनेवित्तिकै खशोग्जीको घाँटी थिचेर हत्या गरिएको दावी गरेको छ । २ अक्टुबरमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा खशोग्जीको हत्या भएको थियो । टर्कीले जारी गरेको बयानअनुसार पहिले नै बनाइएको योजना अनुसार खशोग्जीलाई साउदी अरबको वाणिज्य दूतावासमा जानवित्तिकै घाँटी थिचेर मारिएको बताएको छ । त्यसपछि पूर्वनियोजित रुपमै शवलाई टुक्रा टुक्रा पारेर नष्ट गरिएको टर्किले जनाएको छ ।

यद्यपि टर्कीले कुनै सबुत प्रमाण भने पेश गरेको छैन । यसअघि टर्कीका एक अधिकारीले आफूहरुसँग खशोग्जीको हत्याको अडियो, भिडियो प्रमाण रहेको दाबी गरेका थिए । टर्कीका मिडियाहरुमा छापिएका समाचारमा भने खशोग्जीको हत्या अघि उनलाई यातनासमेत दिइएको उल्लेख छ । खशोग्जी साउदी नागरिक थिए । उनि अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्नो देशका शासकको कडा आलोचक मानिन्थे । खशोग्जीको शव अझै फेला परेको छैन ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले गत हप्ता साउदी शाह सलमानसँग कुराकानी गरेका थिए । त्यतिबेला सलमानले हत्या अनुसन्धानमा सहयोग गर्ने बचन दिएका थिए । खशोग्जी हत्या घट्नाको चारैतिर बाट पोल खुल्न थालेपछि साउदी सरकारले दुतावास भित्र हत्या भएको स्विकार गरेको छ् । तर हत्या पछि लास कहाँ गायब भयो ? भन्ने विषय अहिलेसम्म अनुत्तरीत रहदै आएको छ ।

यो घट्नामा साउदी क्राउन प्रिन्सको संलग्नता रहेको आशंका छ । उता अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले खासोग्गीको हत्यारालाई अमेरिकाले दण्डित गर्ने घोषणा यसअघिनै गरिसकेका छन । २१ जना संदिग्द्य साउदी अधिकारीहरुको यो घट्ना पछि अमेरिकन भिसा अमेरिकाले रद्द गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);