विस्फोटक पदार्थ आपूर्तिमा सिन्डिकेट | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

विस्फोटक पदार्थ आपूर्तिमा सिन्डिकेट

bisfotak-bomb

काठमाडौं, १८ मंसिर । जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन। तर यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।

एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ। यो सिन्डिकेटका कारण दुई सय रुपैयाँ प्रतिकिलो पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन्।

निर्माणसम्पन्न तथा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा उक्त कम्पनीले मात्रै विस्फोटक पदार्थ आपूर्ति गर्दै आएको छ। एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्को आयोजनामा प्रयोग गर्न पाइँदैन।

तर उक्त कम्पनीले ‘साह्रोगाह्रो परेको बेला’ भन्दै सापटीसमेत दिँदै आएको छ। यो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको छ।