जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति एमाले अध्यक्ष ओलीले भने– जघन्य हत्याको घोर भर्त्सना गर्दछु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जापानका पूर्व प्रधानमन्त्रीको निधनप्रति एमाले अध्यक्ष ओलीले भने– जघन्य हत्याको घोर भर्त्सना गर्दछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गरेका छन् ।

‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ ओलीले भनेका छन् ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’

जापनका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);