५ नोभेक्बरबाट इरान विरुद्ध सबै प्रकारको अमेरिकी प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

५ नोभेक्बरबाट इरान विरुद्ध सबै प्रकारको अमेरिकी प्रतिबन्ध

एजेन्सी, ९ कात्तिक । अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । परमाणु सन्धिबाट अमेरिका अलग भएपछि यो तनाव बढ्दै गएको हो । अमेरिकी नीतिलाई वेवास्था गरि इरानले आफु खुशि गर्न थालेपछि दुबै देशबीच विवाद चर्केको हो।

इरान विरुद्ध नाकाबन्दी घोषणा गरेको अमेरिकाले आगामी ५ नोभेम्बरबाट पुर्ण रुपमा इरान विरुद्ध सबै प्रकारको प्रतिबन्ध पुर्ण रुपमा लागु गर्ने जनाएको हो । राष्ट्रपति डोनाल्ड्र ट्रम्पले हवाइट हाउसमा एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पले लेवनानको आतंकवादी समुह हिजबुल्ला माथि कडा प्रतिबन्ध लगाउने विद्येयक माथि पनि हस्ताक्षर गरेका छन् । विद्येयकको टुङगो लागेपछि त्यसले कानुको स्वरुप धारण गरेको छ ।

कडा कानुन बनेपछि लेबनानी हिजबुल्ला आतंकवादी माथि कारबाहि गर्न सजिलो हुने बताइएको छ । हिजबुल्ला आतंकवादीहरुले अन्य देशका नागरिकहरुका साथै अमेरिकी नागरिकलाई पनि अपहरण, यातना र हत्या गर्ने सम्मका काम गर्दै आएपछि अमेरिका उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुन लागेको हो ।

अमेरिकाले आतंकवादको प्रायोजकलाई खतरनाक खेल खेल्न नदिने कुरा बताउँदै आएको छ । ह्वाइट हाउसका प्रेस सचिव सारा सैंडर्सले आतंकवादी गतिविधिलाई अमेरिकाले प्रश्रय नदिने कुरा बताए ।

उनले नियमित प्रेस बिफ्रिङमा सो कुरा बताउँदै हिजबुल्ला आतंकवादिको गतिविधि नियन्त्रण गरि मानव अधिकारको रक्षा र मानिसको बाँच्न पाउने हकको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए ।

भिडियो हेर्नुस्

परमाणु सम्झौताबाट अलग भएपछि अमेरिकाले इरानसँग विभिन्न देशलाई तेल आयात घटाउन वा प्रतिबन्धको सामना गर्न चेतवानी दिइएको थियो । अब इरानले पूर्ण नाकाबन्दीको सामना गर्न लागेको बेला कस्तो परिस्थिति बन्ने हो उत्सुकता सर्वत्र बढ्दै छ ।

अमेरिकाको प्रतिबन्धको सामना गरे देखि इरानको आर्थिक अवस्था डामाडोल बनेको छ भने इरानमा अमेरिकी डलरको भाउँको तुलनामा इरानी मुद्रा सारै कमजोर बनेको छ । इरानका शासक हसन रोहानिले अमेरिकासँग नझुक्ने र विकल्पहरु खोज्न तल्लिन रहेको बताएका छन् । उता अमेरिका र इरानबीचको द्वन्दले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतार चढाब आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);