काठमाडौं ।
आज नेपाली कम्युनिष्ट पार्टीको संयोजन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले तयार पार्नुभएको विशेष निर्णय प्रश्ताव हुने बताइएको छ । बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रिय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।




